आज्ञा खबर
बर्दिवास
महोत्तरीको सम्सी गाउँपालिकाका सक्रिय नेकपा (एमाले) का नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन्।
अध्यक्ष दाहालका अनुसार नयाँ सदस्यहरूको आगमनले महोत्तरीमा पार्टी संगठनलाई थप बलियो बनाउनेछ। उनका अनुसार यसले संगठनमा ऊर्जा र उत्साह थपिएको छ।
पार्टीमा प्रवेश गर्ने नेताहरूमा विनोद कुमार साह, बजन कुमार साह, किसोरी साह, सन्तोष कुमार साह र डा. कौशल कुमार साह रहेका छन्।
