पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौँ
वरिष्ठ वामपन्थी नेता र पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित ७१ वर्षीय नेपालको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो निधन भएको हो।

उनी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएका थिए। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार केही दिनयता उनको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएको थियो।

नेता नेपालले मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको कम्युनिस्ट सरकारमा सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। त्यस्तै, २०६३ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्रीको रुपमा पनि उनले योगदान दिएका थिए।

नेकपा (एमाले) का नेता रहेका नेपाल पछिल्ला वर्षहरूमा सक्रिय राजनीति बाहिर थिए। राजनीतिसँगै साहित्य क्षेत्रमा पनि उनी उतिकै सक्रिय उनले एक दर्जनभन्दा बढी उपन्यास प्रकाशित गरेर नेपाली साहित्यमा महत्त्वपूर्ण छाप छोडेका छन्।

पारिवारिक स्रोतका अनुसार नेपालको अन्त्येष्टि आजै साँझ पशुपति आर्यघाटमा गरिने छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...