वार्ता नगरी शिक्षकमाथि सरकारले बल प्रयोग गर्‍यो : कांग्रेस नेता शेखर कोइराला

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौँ
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्न माग गरेका छन् ।
शिक्षकका माग सम्बोधन गर्न अनुरोध गर्दै शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरु सडक आन्दोलनमा उत्रेको झन्डै एक महिना भएको उल्लेख गरे उनले भने,

‘पठन पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ, यस्तो अवस्थामा शिक्षकहरुसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरुमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरुलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो,’ कोइरालाले‘अब धेरै ढिला भयो, एक दुई दिन मै समस्या समाधान गरी पठन पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु सरकारले शिक्षकहरुको मागलाई बेवास्ता गरीनु गम्भिर बिषय भएको उल्ले खगरे ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...