आज्ञा खबर
सिन्धुली
एक १८ वर्षिय एक बालिकालाई जवरजस्ती करणी गरेको भन्दै सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवार विरुद्ध जवरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी परेको छ । अधिकारी दनुवार २०७९ को स्थानिय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका हुन् ।
दनुवारविरुद्ध
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा विहिबार जवरजस्ती करणी गरेको भन्दै जाहेरी दर्ता भएको हो । एक होटलमा काम गर्दै आएकी ती बालिकालाई मेयर अधिकारी दनुवारले करणी गरेको जाहेरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार
मेयरको करणीबाट बालिकाको गर्भ रहनगई गत फागुनमा उनले एक शिशुलाई जन्म समेत दिएको घट्ना बाहिरिएको छ ।
बालिकाले जाहेरी दिएलगत्तै प्रहरीले घटनाको प्रकृती हेरेर तत्काल अनुसन्धान अघि बढाएको बताएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान थालिएको र पीडितको स्वास्थ्य तथा सूरक्षालाई प्राथमिकतामा राखिएको छ ।” यसैगरी पिडितको मेडिकल रिपोर्ट, डीएनए परीक्षण लगायतका प्रमाण संकलनको प्रक्रिया अघि बढाइएको बताईएको छ । यसै क्रममा मेयरलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।