बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा दुधौलीको मेयर दनुवारविरुद्ध प्रहरीमा जाहेरी

आज्ञा खबर
सिन्धुली
एक १८ वर्षिय एक बालिकालाई जवरजस्ती करणी गरेको भन्दै सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवार विरुद्ध जवरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी परेको छ । अधिकारी दनुवार २०७९ को स्थानिय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका हुन् ।

दनुवारविरुद्ध
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा विहिबार जवरजस्ती करणी गरेको भन्दै जाहेरी दर्ता भएको हो । एक होटलमा काम गर्दै आएकी ती बालिकालाई मेयर अधिकारी दनुवारले करणी गरेको जाहेरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार
मेयरको करणीबाट बालिकाको गर्भ रहनगई गत फागुनमा उनले एक शिशुलाई जन्म समेत दिएको घट्ना बाहिरिएको छ ।

बालिकाले जाहेरी दिएलगत्तै प्रहरीले घटनाको प्रकृती हेरेर तत्काल अनुसन्धान अघि बढाएको बताएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान थालिएको र पीडितको स्वास्थ्य तथा सूरक्षालाई प्राथमिकतामा राखिएको छ ।” यसैगरी पिडितको मेडिकल रिपोर्ट, डीएनए परीक्षण लगायतका प्रमाण संकलनको प्रक्रिया अघि बढाइएको बताईएको छ । यसै क्रममा मेयरलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...