सरकार र शिक्षकबीच भोलि बिहान वार्ता हुँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौँ
सरकार र आन्दोलनरत शिक्षकहरु बिच शनिवार हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै शनिबार बिहान ७ः३० बजे वार्ता हुने जानकारी दिएको हो ।
’वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्रीज्यूबाट आव्हान भएबमोजिम आज बार्ता कालागि नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिलाई पत्राचार भएकोमा कारणवश निर्धारित भेटघाट र छलफल हुन नसकेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ’यस सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२÷१÷१२ गते प्राप्त आदेश समेतलाई ध्यानमा राखी नेपाल शिक्षक महासंघसँग भएको छलफल र परामर्श बमोजिम माननीय मन्त्रीज्यूको समुपस्थितिमा १३ गते बिहान ७ः३० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्ता र संवादको लागि महासंघका तर्फबाट अध्यक्ष एवं अन्य पदाधिकारीहरु उपस्थित भइदिनु हुन मन्त्रालय हार्दिक आव्हान गर्दछ ।’
सहसचिव युवराज पौडेलद्वारा जारी विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेका उल्लेख गरीएको छ ।