बारामा टिपरले कारलाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

आज्ञा खबर
बारा
बारामा टिपरले कारलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ। ज्यान जानेमा सर्लाहीको बरहथवा नगरपालिका १५ हजरिया बस्ने ४६ वर्षीय नारायणहरि शर्मा र कार चालक सुन्दरपुर चोहरवा–४ बस्ने ५० वर्षीय जितनारायण प्रसाद साह रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो पूर्व–पश्चिम लोकमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित पुलमा निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको बा.०१–०२५ च ५०७६ नम्बरको कारलाई ठक्कर दिएको हो।
र्दुघटना भएपछि कारमा सवार शर्मा र साह दुबै जना गम्भीर घाइतेलाई ईलाका प्रहरी कार्यालय निजगढको टोलीले प्रसूति अस्पताल निजगढमा पु¥याउदा उपचारका क्रममा ज्यान गएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।
टिपरका चालक फरार रहेकाले उनको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...