आज्ञा खबर
काठमाडौँ
नेपाल आयल निगमले बुधबारदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा समायोजनगर्दै पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने बताईएको छ ।





































