आज्ञा खबर
काठमांडौँ
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सीलाई एमाले र कांग्रेसबाट खतरा रहेको बताएका छन्। आजपा केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौँमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले नेपाली कांग्रेस र नेकपा–एमाले)का इमानदार नेताकार्यकर्ताले नेताहरूको कुकर्मलाई कुनैपनी हालतमा स्वीकार नगर्ने जनाए । उनले
सिंहदरबारबाट भ्रष्ट नेताहरूले कुर्सी खाली गरे मात्रै मुलुकले अहिलको संकटबाट निकास पाउने ठोकुवा गरे।
‘नेपाली कांग्रेस र नेकपा एमालेका इमानदार कार्यकर्ताहरूले नेताहरूको कुकर्मलाई स्वीकार्दैनन्। नेताहरूको लुट, भ्रष्टाचार तपाईँकै पार्टीका नेताकार्यकर्तालाई बढी थाहा छ,’अध्यक्ष साहले भने, ‘अत्याचारविरुद्ध गठित पार्टी जहाँ मदन भण्डारी, बीपी कोइरालाको विचार प्रवाहित भइरहेको छ। त्यो पार्टीले नेताहरूको कुकर्मलाई कदापी स्वीकार्दैनन्।’
‘हामीले पटक–पटक भनेका छौँ, तपाईँहरूले कुर्सी छोड्नुस सिंहदरबार खाली गर्नुस्। नेताहरू मालामाल भए, जनता लचार भए। यदी तपाईहरूले कुर्सी छोड्नु भएन भने जनताले लतारेर निकाल्छन्,’ उनले भने, ‘तपाईँहरूको पार्टीमा हजारौं कार्यकर्ताहरू पनि छन्, जसले तपाईहरूको लुट, भ्रष्टाचार पनि हेरिरहेका छन्। उनीहरूले पनि तपाइँलाई छोड्नेवाला छैनन्।’





































