रुखबाट लडेर एकको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
सिन्धुलीमा रुखबाट लडेर एक जना पुरुषले ज्यान गुमाएका छन्।
जिल्लाको तिनपाटन गाउँपालिका २ सखाजोरका ३५ वर्षिय तोरण बहादुर रुखालको घाँस काट्ने क्रममा रुखबाट लडेर ज्यान गुमाएका हुँन ।
घाँस काट्न घरबाट निस्केका उनि घरबाट १ किलोमिटर अगाडि मुङ्ग्रेमाडी जंगलमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । घासँ काट्न गएका रुखाल घर नफकिएपछि स्थानियले खोजिगर्दा मृत भेटिएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलघारीबाट प्रहरी नायब निरिक्षक बसन्त कुमार यादवको कमाण्डको टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी निरिक्षक सुनिल प्रसाद चौरासियाको कमाण्डमा मुचुल्का सहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ । थप अनुसन्धान भइरहेको छ ।