आज्ञा खबर
काठमाडौँ
समतामूलक, न्यायपूर्ण व्यवस्था स्थापना गर्न तराई–मधेशकेन्द्रित दलहरूले संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच मोर्चा गठन गरीएको हो।
मोर्चामा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा रहेका छन् ।
मोर्चाको उद्देश्य समतामूलक, न्यायपूर्ण व्यवस्था स्थापना गर्ने रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, सामथ्र्य र पहिचानका आधारमा प्रदेशहरूको नामांकन र संरचना गर्न÷गराउनुका साथै संघीयताको प्रभावकारी कार्यान्वयन गर्न संघ र प्रदेश सरकारहरूका बीचको क्षेत्राधिकार स्पष्ट पार्ने मोर्चाका उद्देश्य र राजनीतिक प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मोर्चाले पुराना मागहरूलाई फेरि ब्युँताएको छ । उसले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न, जनआन्दोलन, मधेश जनविद्रोह र आन्दोलन, थरुहट, लिम्बूवान्लगायत विभिन्न आन्दोलनमा पक्राउ गरी राज्यले मुद्दा लगाएका बन्दीहरूलाई रिहाइलगायतको माग राखेको छ ।