दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरी परिचालन

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
राजावादीको तीनकुनेमा भएको प्रदर्शनलाई हिंसात्मक बनाएको आरोपमा प्रहरीले दुर्गा प्रसाईलाई पक्राउ गर्ने तयारी गरेको छ । नेपाल प्रहरी स्रोतका अनुसार आन्दोलनमा जनकमाण्डर तोकिएका प्रसाईले नै आन्दोलन भड्काएकार हिंसात्मक बनाएको आरोप लगाउदै उनलाई प्रहरीले पक्राउ गर्न लागेको हो ।

गृह मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छविलाल रिजालले प्रसाईलाई कारबाहीको दायरमा ल्याईने बताएका थिए । प्रसाईले आज आफै प्रहरीलाई ठेल्दै गाडी चलाएर प्रहरीको घेरा तोडेका थिए । त्यसपछि आन्दोलन भड्कीएको थियो ।