आज साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौं
आज साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस गरीएको छ ।चीनको तिब्बत क्षेत्र केन्द्रबिन्दु बनाएर नेपाली समय साँझ ६ः२७ बजे ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।
नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको अधिकारीले बताए ।