महोत्तरीमा बस पल्टिदा १५जना घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको महोत्तरी गाउँपालिका–५ गोरिगामामा शुक्रवार बस पल्टिँदा १५ जनाभन्दा बढी यात्रु घाइते भएका छन्। ना ३ ख ८९९७ नम्बरको यात्रुवाहक बस तिब्रगतिमा अनियन्त्रित भई खेतमा पल्टिदा दुर्घटना भएको प्रहरीले जानाएको छ।

दुर्घटनाका घाइतेहरूलाई आवश्यक उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम तथा अन्य स्थानहरुमा पठाइएको प्रहरीले जनाएको छ।

घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। बस पल्टिएपछि चालक र सहचालक फरार भएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जयसवारले जानकारी दिए।