सञ्चरकर्मी कार्कीलाई सम्झना स्मृति पुरस्कार

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
पत्रकाररिताको माध्यमबाट समाज रुपान्तरणको क्षेत्रमा योगदान गरेको भन्दै यस वर्षको सम्झना दाहाल स्मृति पत्रकारिता पुरस्कार कान्तिपुरका सिन्धुली संवाददाता राजकुमार कार्कीलाइ प्रदान गरिएको छ । सहिद सम्झना दाहाल स्मृति प्रतिष्ठानले नगद ५ हजार राशी सहितको पुरस्कार बिहीबार प्रदान गरेको हो । प्रतिष्ठानका अध्यक्ष एवं दाहालका पिता शेषराज दाहाल तथा आयोजक अनेरास्ववियू सिन्धुलीले पुरस्कार सहित संवाददाता कार्कीलाइ सम्मान गरेको हो ।

३२ वर्ष अगाडि २०४९ साल फागुन २२ गते टनकपुर सन्धीको विरोधमा चलेको आन्दोलनमा कक्षा १० मा अध्ययनरत १४ वर्षीय छात्रा सम्झना दाहाललाइ राज्यपक्षले चलाएको गोली हानेर हत्या गरिएको थियो ।

सदरमुकामको गौमती माविमा प्रतिष्ठानले सालिन्दा पत्रकार, उत्कृष्ट छात्रछात्रा, शिक्षक तथा समाजसेवीहरुलाइ पुरस्कार तथा सम्मान गर्दै आएको छ । स्मृतिका अवसरमा हाजिरीजवाफ प्रतियोगिता समेत भएको थियो ।