सिन्धुलीमा कार दुर्घटनाः ४ जना घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
राजविराजबाट काठमाडौँँ हिडेको कार सिन्धुलीमा मंगलबार दुर्घटना भएको छ ।विपि राजमार्ग अन्तरगत सिन्धुलीको गोलन्जार गाउँपालिका ७ खुर्कोटमा डिएसि ८९२६ नम्बरको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानाएको छ ।

दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइतेलाई सुनकोशी सामुदायिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि धुलीखेल अस्पताल पठाइएको छ । दुर्घटनामा परि सप्तरीको राजविराज नगरपालिका ५ का ९० वर्षिय पुरुषोतम मिश्र गम्भिर घाइते भएका छन् ।

कार चालक सोहि ठाउँका ४१ वर्षिय गोर्कनाथ मिश्र, काठामाडौँ महानगरपालिका ३१ का ३ वर्षिय रियाशी झा र सोहि ठाउँका ६ वर्षिय रिडन मिश्र घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

कारमा जम्मा ७ जना सवार रहेका थिए । आफै अनियन्त्री भइ कार दुर्घटना भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार कार सडकबाट ३ मिटर तल खसेको थियो ।