मापदण्ड नपुगेका अबैध अस्पताललाई मुख्यमन्त्रीले साँचो बुझाउन निर्देशन दिएपछि सञ्चालकहरू संगठित

आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मापदण्ड नपुर्याएर अबैध रुपमा सञ्चालनगरीरहेका अस्पताललाई बन्द गरेर साँचो बुझाउन निर्देशन दिएपछि अस्पताल सञ्चालकहरू प्रतिकार गर्न संगठित भएका छन् । मुख्यमन्त्री सिंहले अस्पतालहरूको छड्के अनुगमन गर्नै क्रममा अनावश्यक तनाव दिएको भन्दै जनकपुरधामका अस्पताल सञ्चालकहरूले ‘प्राइभेट हस्पिटल एसोसिएसन जनकपुरधाम’ नामक नयाँ संगठन स्थापना गरेका छन् ।

उक्त एसोसिएसनको अध्यक्षमा डा. सरोजकुमार ठाकुरलाई चयन गरिएको छ भने उपाध्यक्षमा रामभरोस महतो, सचिवमा आविद हुसेन, कोषाध्यक्षमा सञ्जय मण्डल र सहसचिवमा डा. सुभाषचन्द्र यादवसहित २५ सदस्यीय समिति गठन गरिएको छ ।

मुख्यमन्त्री सिंहले नियोजित रूपमा अस्पताल सञ्चालकहरूलाई अनावश्यक तनाव दिइरहेको, अनुसन्धानका लागि छुट्टै निकाय रहे पनि आफैँ अनुगमनमा खटिएको र सबै अस्पताललाई अवैध देखाउने गरी प्रचारबाजी गरिरहेको आरोप उनीहरूले लगाएका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...