आज्ञा खवर
वर्दिबास
के तपाई २०५८ साल देखि क्याम्पसको स्नातक वा स्नातकोत्तरको परिक्षामा जाँच दिएर पनि उतिर्ण हुन सक्नु भएको छैन ? क्याम्पसले दिने समय सिमा सकिएर तेसै झेक्राएर त वस्नु भएको छैन ? तपाईहरु जस्तालाई एक पटक पुनः त्रिभुवन विश्वविद्यालयले मौका परिक्षाको लागि मौका परिक्षा आवेदन फारम खुलाएको छ । जस्ले यस्तो मौकामा चौका हान्छ उ नै अडाढि वढ्छ । धेरै वर्षपछि मात्र एक पटकको लागि खुलाएको मौका परिक्षामा सहभागि भै चौका हान्ने मौका नगुमाउनु होला ।
वर्दिबास स्थित जनता वहुमुखि क्याम्पसले पनि एक सुचना मार्फत आफ्ना क्याम्पसका विद्यार्थिलाई फर्म भर्न आग्रह गरेको छ । क्याम्पसले यहि मिति २०८१ फाल्गुन २० गते सम्म सिंगल दस्तुरमा फर्म भर्न सुचना प्रकाशित गरेको छ ।
गाँउघरका क्याम्पसहरुले यौ मौकाको सदुपयोग गर्दै धेरै भन्दा धेरै विद्याार्थिहरुलाई सहभागि गराएर उतिर्ण गराउन प्रोत्साहन गर्नुपर्छ । स्थानिय क्याम्पसहरुमा स्नातकोत्तर अध्ययन गर्ने धेरै विद्यार्थिहरु स्नातकमा एउटा दुईटा विषय विविधकारणले उतिर्ण हुन नसकेर वसिरहेको हुँदा उनिहरुलाई क्याम्पसले सम्पर्कमा ल्याई केहि शुल्क लिएर सहजिकरण कक्षा संचालन गर्न सके स्नातकोत्तरको लागि धेरै विद्यार्थिहरु उपलव्ध हुने विज्ञहरु वताउछन् ।
त्रिविले बिहीबार एक सूचना प्रकाशित गर्दै २०५८ सालदेखि मौका परीक्षा दिन नपाएका स्नातक तह र स्नातकोत्तर तहका विद्यार्थीका लागि मौका परीक्षाको फारम खुला गरेको जानकारी गराएको हो। ३÷४ वर्षे स्नातक तह प्रथम, दोस्रो, तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम खुला गरिएको छ ।
वार्षिक प्रणाली अनुसार २०८१ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह र स्नातकोत्तर तहको मौका परीक्षाको लागि माघ २४ गतेदेखि फागुन २३ गतेसम्म नियमित दस्तुर बुझाएर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित आवेदन फारम भरी बुझाउन सक्ने त्रिविले जारी गरेको सूचनामा भनिएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा समितिको २०८१ असोज ७ गते बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
त्रिविले मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, कानुन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका वि.सं. २०५८ साल देखिका वार्षिक प्रणालीअन्तर्गत र २०६९ सालदेखिका सेमेस्टर प्रणालीका विद्यार्थीका लागि एकपटक मौका परीक्षा सञ्चालन गर्नेछ ।