पारदर्शिता भनेको छ्याङ्गै हुनु हो नाङ्गै होईन : मेयर क्षेत्री

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिबास

वर्दिबास नगरको समग्र विकासको लागि आफ्नो उच्चतम क्षमता प्रदर्शन गरीरहेको  नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले दाबी गरेका छन् । बर्दिवास स्थित उनको निजी निवासमा आज्ञा खबर डटकमसंग कुराकानीगर्ने क्रममा उनले यस्तो दावि गरेका हुन् । नगरपालिकाको आन्तरिक श्रोतवाट हात्तिमारा खोलामा पुल निर्माण गरेर मैले आफ्नो दाविलाई प्रमाणित गरेको उनको कथन छ । नेपाल भरीका स्थानिय सरकारहरुले यसरी पुल वनाउने सायद थोरैहोलान उनले थपे ।
उनले नगरको बिकासप्रति हुने गरेको नकारात्मक टिप्पणीलाई चिर्दै बर्दिवासको संस्थागत विकास हुने किसिमको गतिविधि गर्ने गरी काम गरीरहेको जनाए । उनले भने ,म कुनै भगवान होईन जादुको छडिले सवैको समस्या सामाधान गर्ने तर मेरो पन्चवर्षिय योजना जुन मैले पहिलो पटक मेयरमा पराजित भएपछि वनाएको थिए त्यो योजना मैले तत् समयवाट नै लागु गर्दै त्यसमै लागेको छु । आज जुन योजनामा काम गरीरहेको छु त्यो पहिलाको योजनाकै निरन्तरता हो । उनले  हिजोकै आफ्नो योजना नयाँ उर्जाशिल र समय सापेक्ष, नगरमुखि योजना भएको वताए । नगरप्रमुखले विकास के गरेको छ, उपलव्धिहरु के भएका छन् त्यो वुझ्नलाई तुलना गर्ने मेकानिजम वनाईरहेको उल्लेख गरे । म भन्दा अघिको कार्यपालिकाले प्राप्त गरेको वजेट र त्यो समयको उपलव्धि र म निर्वाचीत भएपछि मैले संचालन गरेको वजेट र त्यो वजेटवाट भएको उपलव्धिलाई दाजेर हेर्दा देखिने फरक नै मेरो मूल्यांकन हो उनले भने ।

मेयर क्षेत्रीले नगरको समृद्धि, विकास तथा सामाजिक विकृतिहरूको अन्त्य गर्नका लागि आफुले नेतृत्वदायी भूमिका खेलिरहेकाले यस्मा सम्पुर्ण राजनितिक दल, समाजिक अभियन्ता नगरभित्रका संघ संस्था र आम नागरिकको सहयोग अपरिहार्य रहेको धारणा राखे ।
क्षेत्रीले नगरभित्र सुशासन तथा जनतालाई विकासको अनुभूति दिलाउन विभिन्न बाधा तथा व्यवधान छिचोल्दै काम गरिरहेकोले समेत यसको परिणाम समेत ऐना र पारीलो घाम जस्तै छर्लङ्ग देखिएको दावी गरे ।

अहिले हामिले स्वास्थ्य, शिक्षा पुर्वाधार निर्माण, बिपद ब्यवस्थापन, कृषी,पशुपालन, सिप सिकेर आत्म निर्भर, खेलकुद पर्यटनका, धर्म संस्कृतिको जगेर्ना लगाएतका नागरीकका आवश्यताहरुलाई नगरको बजेटबाट संगसंगै लैजान खोजिरहेको छौ तर नगरपालिकाको थोरै बजेटबाट यि सबै काम एकैपटक अघि बढाउन आर्थिकले नधान्ने स्थिती छ । त्यसकारण प्राथमिकताको आधारमा एकपछी अर्को गर्दै लैजानुपर्ने स्थिती छ ।
क्षेत्रीका अनुसार शिक्षामा लगानी नबढाएसम्म नगरको समृद्धि र विकास कठिन हुने भएकाले नगरभित्रका सबै सामुदायिक बिद्यालयहरुमा गुणस्तरीय पठनपाठनकालागी आवश्यक दरबन्दि मिलान गरीएको उनको भनाई छ । नागरिकको स्वास्थ्यप्रती स्थानिय सरकार बढी संबेदनशिल भएकाले समेत बर्दिवासको एकमात्रै सरकारी नगर अस्पताल यस बर्ष मधेश प्रधेशकै पहिलो र नेपाल अधिराज्यभरी दोश्रो स्थान हासिलगर्न सफल भएको क्षेत्रीले दाबी गरे ।

नगर भित्रको सुशासनको वारेमा सोधीएको प्रश्नमा उनले भने ”सुशासन भनेको वोलेर हैन नगरवासिले अनुभुति गर्ने कुरा हो । पारशर्दिता भनेको छ्याङ्ग हुनु हो नाङ्गो हुनु होईन । नगरपालिका गर्ने हरेक कामको निति, विधि, पद्दति भित्र रहेर गरीएको छ कुनै एउटा चेनलाई पनि जम्प नगरीएको हुँदा त्यसमा ढुक्क रहन विश्वास दिलाए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...