विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ मा रहेको प्रा.वि केराबारीका बिध्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शैक्षिक सामाग्री बितरण बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगा थापाको अध्यक्षता तथा कमलामाई नगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको हो ।

विद्यालयमा अध्यनरत ४२ जना बालबालिकालाई १ वर्ष सम्म पुग्ने शैक्षिक सामाग्री लगायत टोपी ब्याग वितरण गरीएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगा थापाले बताए । सिन्धुलीको कमलामाई नगरपालीका वडा नम्बर ४ को आर्थिक बर्ष २०८१÷०८२ को बिनियोजन गरीएको ८० हजार बजेटबाट सो प्रा.वि मा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्रि वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष ढकालले विद्यालयमा शुद्ध पिउने पानीको समस्या लगायत विद्यालयको अवस्था कमजोर भएकाले निर्माणका लागि प्रदेश सरकारसंग समन्वय गरेर अगाडी बढ्नुपर्ने अवश्यकता रहेको बताए ।
कार्यक्रममा ब्यवस्थापन समितिका सदस्यहरु, वडा नम्बर ४ का वडा सचीव रविन योन्जन, अभिभाबक, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...