आज्ञा खवर
काठमाडौ
स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी नवनिरहेको वेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।
सरकारी निवास वालुवाटारमा आइतबार कार्यदलको प्रतिवेदन र सुुझावबारे ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले सुधारको कार्ययोजना बनाउन निर्देशन दिएका हुन् । निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने प्रधानमन्त्रीको भनाइ छ । स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी वनाए मात्र स्वास्थ्य क्षेत्र राम्रो हुने कुरामा प्रधानमन्त्रीले जोड दिए ।
उनले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुुनिष्ठ समीक्षासहित सुुझाव दिइएकाले बीमा कार्यक्रमलाई सुुधार गर्ने गरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
स्वास्थ्य तथा जनसंखयामन्त्री प्रदीप पौडेल, कार्यदलका ंसंयोजक डा. शम्भुु आचार्य, सदस्यहरू डा. भगवान कोइराला, डा. रघुुराम काफ्ले र सदस्यसचिव डा. सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गरेका थिए ।
हाल यस कार्यक्रमअन्तर्गत करिब ११ अर्ब रुपैयाँ भुुक्तानी गर्न बाँकी छ । यस कार्यक्रममा हाल कुल जनसंख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र त्यसरी आवद्ध भएकामध्ये ४८ प्रतिशतले सेवा लिएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुुनी रहेका सबै नागरिकको स्वास्थ्यसेवा निःशुुःल्क गर्नुपर्ने ढाँचामा जान सुुझाव दिएको छ । कार्यदलले आधारभूूत स्वास्थ्यसेवा र अन्य सामाजिक सुरक्षाका कोषहरूका कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकराण् गर्न सुुझाएको छ । कार्यदलले गत १४ पुसमा मन्त्रालयलाई प्रतिवेदन बुुझाएको थियो ।
स्वास्थ्य विमाको झण्झटिलो प्रकृयाले सेवाग्राहि आजित भएका छन् यसलाइ जसरी पनि सहज वनाउनुपर्ने देखिन्छ ।





































