शिक्षकहरुको क्षमता विकासका लागि दुई दिने अभिमुखिकरण सम्पन

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
सिन्धुली जिल्लको सदरमुकाम सिन्धुलीमाढीमा शिक्षकहरुको क्षमता विकासका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
प्लान इन्टरनेशनल नेपाल र ह्याण्डस नेपाल सिन्धुलीको संयुक्त साझेदारीमा संचालीत परीयोजना अन्तरगत विद्यालयका शिक्षकहरुको क्षमता विकासको लागि अभिमुखीकरण गरीएको हो ।
अभिमुखीकरण कार्यक्रममा कमलामाई र दुधौली नगरपालिकामा परीयोजना संचालन भएका २५ वटा विद्यालयका ६९ जना शिक्षकहरुको सहभागिता रहेको थियो । अभिमुखीकरणमा विद्यालयको शैक्षिक गुणस्तरलाई बृद्धि गरी सिकाई स्तरमा सुधार गर्न उपचारात्मक कक्षा संचालन गर्ने बिषयमा छलफल भएको बताईएको छ ।
आवरण तथा द्रूत सिकाइ योजना कार्यक्रम अर्तरगत बिद्यार्थीको क्षमता अभिबृद्धि गरी शिक्षण सिकाईलाई प्रभाबकारी बनाउने अभिमुखीकरणको उदेश्य रहेको आयोजकले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...