आज्ञा खबर
काठमांडौ
सामाजिक अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले तामाङलाई काठमाण्डौको स्वयम्भूबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका उनुसार तामाङलाई अभद्र व्यवहार कसूरमा पक्राउ गरिएका होे । उनिविरुद्ध पशुपति क्षेत्र विकास कोषले उजुरी दिएको थियो । कोष परिसरमा गएर कर्मचारीलाई गालीगलौज गरेको आरोपमा तामाङविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ । उनलाई पत्रलाउगर्न खोज्दा गौशालामै तामाङले प्रहरीलाई पनि गालीगलौज गर्दै धकेलाधकेल गरेको आरोपमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाएको एसपी अधिकारीले बताए ।