आज्ञा खवर
वर्दिबास
ईलामको माईपोखरीको पर्यटन प्रवर्दनको लागि वनाइएको एउटा भिडियोमा लगाएको पहिरनको कारण मोडल तथा कलाकार ईष्टु कार्कीलाई विवादमा ल्याइएको थियो । सर्लाहीको सामान्य परिवारमा जन्मिएकी इष्टु कार्कीको वर्दिवास संगपनि राम्रो सम्वन्ध रहेको छ । तीन–चार वर्षअघिसम्म टिकटक, इन्स्टाग्राम र फेसबुकमा विज्ञापन भिडियोहरु पोस्ट गर्थिन् । सेलिब्रेटीको अनुहारमा अत्याधुनिक ग्राफिक्स डिजाइन गरिएका विज्ञापन हेर्दै आएका दर्शकले इस्टुको मौलिक शैलीलाई मन पराए । आम नागरिकको कथालाई विज्ञापनसँग जोडेर भिडियो बनाउने उनको कलाले प्रशंसा पायो । भिडियोमा उनी आफै फिचर्ड हुन्थिन् ।
विस्तारै इष्टुको भिडियोहरु भाइरल बन्दै गए । त्यसपछि म्युजिक भिडियो र केही टेलिसिरियलमा खेल्न थालिन् । ‘हल्का रमाइलो’ मा उनले निभाएको सोझी युवतीको भूमिका चर्चायोग्य छ । चर्चासँगै इष्टुको रहनसहन र पहिरनमा क्रमशः परिवर्तन आउँदै थियो । त्यसैबीच गत कात्तिकमा उनी इलामको माइपोखरी घुम्न गएकी थिइन् । त्यहाँबाट उनले केही फोटो तथा भिडियोहरु सार्वजनिक गरिन्, जहाँ उनी छोटो टपमा देखिएकी छन् ।
इष्टु कार्कीको विवादित भनीएको भिडियो
‘सोझी युवती’को अवतारमा देखिँदै आएकी इष्टु एकाएक ‘बोल्ड अवतार’मा देखिएपछि सञ्जालमा मसला बनिहाल्यो । भाइरल हुन त्यस्तो फोटो सार्वजनिक गरेको भन्दै धेरैले उनको आलोचना गरे । पृष्ठभूमिमा माइपोखरी राखेर खिचिएको फोटो र भिडियो देखेपछि समाजिक सञ्जाल प्रयोगकर्ता समिर बर्तौलाले भनेका थिए, ‘भाइरल बन्नको लागि यतिसम्म पनि नगरौँ । छोप्ने कुराहरु छोपेकै राम्रो । नारीको सुन्दरता नांगिनुमा हैन, शरिर ढाक्नुमा हुन्छ ।’
‘नाम होस्, बद्नाम होस् तर गुमनाम नहोस्’ भनेझैँ इष्टु झन् चर्चाको उत्कर्षमा पुगिन् । टपमा खिचिएको तस्बिरको व्यापक आलोचना भए पनि उनले त्यस प्रकारको फोटो राख्न छाडिनन् । बरु कही दिनअघि अन्नपूर्ण आधार शिविरमा खिचिएको त्यस्तै अर्को फोटो सार्वजनिक गर्दै नकारात्मक टिप्पणी गर्नेलाई कटाक्ष गरिन् ।