आज्ञा खवर
जनकपुर
समर हस्पिटल एण्ड रिसर्च सेन्टर जनकपुरमा कार्यरत डक्टर श्रीमति किरण यादवको अस्पतालको ओपिडि टिकेटमा एन एम सि नम्वर ५७६७ रहको छ । साथै मेडिकल काउन्सिलको वेवसाईटमा भएको विवरण अनुसार एन एम सि नम्वर ५७६७ भएको डाक्टरको विवरणमा सिराहाका विरेन्द्र कुमार यादवको नाम देखाउछ ।
यसरी एउटै नम्वरका दुईजना डक्टर कसरी भयो र यि दुईमा कुन डक्टरको नम्वर सहि हो वा कुन डक्टरको गलत हो कसरी छुट्टयाउने ? स्वास्थ्य जस्तो विषयमा यस्तो लापरवाहि गर्दा सम्वन्धीत निकाय के हेरेर वसेको छ ।