गौतम होटल लालगढले ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने

[sharethis-inline-buttons]

माधव पौडेल, 
बर्दिबास:  आगामी ३१ डिसेम्बर अर्थात “न्यु इयर इभका” अवसरमा गौतम होटल प्रा.लि. लालगढ, धनुषामा गायिका अनु चौधरी, मन्जु पौडेल लगाएतका कलाकारहरुले साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।

गौतम होटलका संचालक हिरा गौतमका अनुसार यस दिन होटलमा आउने ग्राहकले गायीका मन्जु पौडेल लगाएतका कलाकारको प्रस्तुतिसँगै, फायर क्याम्प, कमेडियन शो र लाइभ डान्सको मज्जा लिन सक्नेछन् । अंग्रेजी नयाँ वर्षमा होटलमा आउने अतिथि र स्थानीयलाई समेत लक्षित गर्दै यस्तो कार्यक्रम राखिएको उनले बताए । कार्यक्रम साँझ ५ बजे सुरू हुनेछ भने कार्यक्रममा सहभागि हुनका लागि सिंगललाई दुई हजार टिकट तोकिएको छ भने कपलको लागि तिनहजार पाँच सय रहेको छ । सांगितिक कार्यक्रमको प्रस्तुति संगै अनलिमिटेड स्न्याक्स् , डिनर तथा ड्रिक्ंस(लिमिटेड)को समेत व्यवस्था गरिने छ । साथै वर्दिबास चौकवाट कार्यक्रम स्थलसम्म जान र कार्यक्रम पश्चात फर्कनको लागि साझ ५ ः ३० वजे वर्दिवास चौकमा यातायातको समेत व्यवस्था गरीएको छ ।

हिरा गौतमको नेतृत्वमा रहेको मधेस प्रदेशकै ढुकढुकी गौतम होटल पछिल्लो समय आतिथ्य हबको रुपमा बिकास हुँदै गएको छ भने हाल देश विदेशबाट पर्यटकहरुको मुख्य गन्तव्य समेत वनेको छ । नयाँ जोश, जाँगर र उत्साहका साथ रमाइलोसँग नयाँ वर्ष मनाउने उद्धेश्यले अघिल्लो वर्ष झै यस वर्षपनि कार्यक्रम आयोजना गर्न लागिएको होटलका संचालक गौतमले बताए ।

उनका अनुसार न्यु इयर इभमा ख्याति प्राप्त गायक, गायिकाहरु जस्तैः पशुपति शर्मासंगको गित “हजुरले नै हो कि” चर्चित गायिका मन्जु पौडेल, उर्गेन दोड संगको चर्चित गित “लजालु मायालुकि” गायिका तथा मोडल अनु चौधरी, भोजपुरी चर्चित गायक सुनिल पण्डित, कमेडियन सुन्दर खनाल, डान्सर शोभा विश्वकर्मा र एलिसा वरालको प्रस्तुति रहने छ । गायिका अनु चौधरी तथा कमेडियन सुन्दर खनाल भने पहिलोपटक वर्दिबासमा प्रस्तुति दिन आउने भएका हुन् । यही पौष १६ गते बेलुका ५ बजेबाट सुरु हुने उक्त कार्यक्रम राती १२ बजेसम्म चल्नेछ ।

‘यही शुल्कबाट हामीले कार्यक्रम स्थलमा विभिन्न परीकारको खाने कुरा हामी उपलब्ध गराउँछौं,’ उनले भने ‘पटक–पटक पैसा तिरेर खानुपर्ने झण्झटलाई हामीले अन्त्य गरेका छौं, टिकट काटेको पैसाबाट नै प्याकेजमा खानाको साथ पाउनु हुन्छ ।’ गौतम होटल लालगढका व्यवस्थापक निरज सुवेदिले होटल स्थापना वर्ष देखिन नै शुरु गरीएको यो कार्यक्रमलाई निरन्तरता दिईएकोले नयाँ सालको स्वागतका लागि रमाईलो जमघट गराउन कार्यक्रम सफल हुने वताए ।
उक्त कार्यक्रममा करिव ५ सय दर्शकलाई सहभागिता गराउने लक्ष्य राखिएको छ । न्यु इयर इभमा सहभागिता जनाउन यही पौष १५ गतेसम्म टिकट वुकिङ गर्न सकिने उक्त सांगितिक कार्यक्रमका संयोजक सुदिप कार्कि(रेवन्त) वताउछन् । ‘अहिलेसम्म टिकट बुकिङ उत्साहजनक रुपले भइरहेको छ, आफु स्वयं उपस्थित हुन नसक्नेले अनलाईनमार्फत पनि टिकट बुकिङ गर्न सक्नेछन्,’ उनले भने ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...