आज्ञा खबर
काठमांडौ
काठमाडौंबाट छुटेको सुमो दुर्घटना भएको छ । ना १ ज ७१८१ नम्बरको फेदीकालागी जाँदै गरेको टाटा सुमो केपिलासगढी गाउँपालिका–३ बास्पानीको राँचीमा बुधबार दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।
पदुर्घटनामा केपिलासगढी–१ फेदीका ७३ वर्षीय दुर्गाप्रसाद राई घाइते भएका छन् । गाडी रोकिराखेको ठाउँबाट ब्याक भएर करिब दुई सय मिटर तल खसेको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए । उनका अनुसार दुर्घटनाको बेला उक्त गाडी चालक ऐसेलुखर्क गाउँपालिका–१ का ३६ वर्षीय सत्रुधन राईले चलाएका हुन् । चालक गाडी बाहिरै थिए ।
घाइतेको बास्पानीस्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीबाट उपचार भइरहेको प्रत्यक्षदर्शी रमेश परियारले बताए ।





































