गौशलामा जंगली स्यालको टोकाइबाट छ,जना घाइते

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको गौशलामा जंगली स्यालको टोकाइबाट छ जना घाइते भएका छन् ।

गौशला नगरपालिका–११ लक्ष्मिनिया जंगलमा मंगलवार साँझ स्यालको टोकाइबाट ४ जना महिला र २ जना पुरुष घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। घाइते हुनेहरुमा मती देवी महतो, ललिता शर्मा, लिलम साह, रोशन यादव, रामचन्द्र यादव, मन माया पोखरेल रहेका छन् ।

खेतबाट काम गरेर घर फर्किने क्रममा बाटोमा पर्ने लक्ष्मिनियाको जंगल क्षेत्रमा एक्कासी उनिहरुलाई स्यालले आक्रमण गरेर टोकेको पीडितहरुले बताएका छन् ।

खेतबाट बेलुका घर फर्किरहेको बेला एक्कासि जंगलबाट स्याल निस्किएर आफूलाई आक्रमण गरी घाइते बनाएको पीडित ललिता शर्माले बताइन् ।

यसअघि नजिकैको जंगलबाट गाउँमा बहुलाएको स्याल पसेर दर्जन बढी चौपायालाई समेत टोकेको स्थानीयले बताएका छन।

स्यालको टोकाइबाट घाइते भएकालाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारको लागि पठाइएको छ। उक्त स्यालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशलाले जनाएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...