रौतहटबाट लागुऔषध सहित एकजना पक्राउ

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
रौतहटबाट प्रहरीले लागु औषध सहित बिहिवार साँझ एकजनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका ६ तल्लो बजार घर भएका रामभजन साहका छोरा बर्ष ३० का सुरेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । अपरिचित ब्यत्तीले कालो झोलामा लागुऔषध लुकाई छिपाई कारोवारगर्न ल्याउँदै गरेको बिशेश सुचनाको आधारमा लागु औषध व्युरो, शाखा कार्यालय बर्दिबास र ईलाका प्रहरी कार्यालय चन्द्रपुरको संयुक्त प्रहरी गस्ती टोलीले उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । उनको साथबाट एम्पोलोसेट डाईजेपाम ४८ पिस, फे्रनएगेन ४८ पिस ब्युप्रेनोफिन ४८ पिस र हाईटेक सिरीच ४ गरी जम्म १ सय ४४ पिस बरामद गरीएको प्रहरीले जनाएको छ।
घटनाको बिषयमा थप अनुसन्धान भईरहेको बताईएको छ।