निकेश खनाल
बर्दिवास
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला बुधबार महोत्तरीको सदरमुकाम जलेश्वर आउन लागेका छन् ।
नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादबका अनुसार नेता सिटौला नेपाली कांग्रेस महोत्तरीले आयोजनागर्न लागेको कार्यकर्ता भेटघाट सहितको अन्तरत्रिया कार्यक्रममा सहभागी हुँन जलेश्वर आउन लागेका हुँन ।
जलेश्र स्थित नेपाली कांग्रसको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट सहितको हुने अन्तरक्रियामा कांग्रेसका केन्द्रिय सदस्य,मधेश प्रदेश समिती सदस्य, महासमिती सदस्य लगायत बिभिन्न नेता तथा कार्यकर्ता सहभागि हुने नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।
सिटौलाले जलेश्वर स्थित एतिहासिक महादेब मन्दिरको दर्शन गर्ने कार्यक्रम समेत रहेको
नेपाली कांग्रेस महोत्तरीले बताएकोे छ । बिगत केही समय यता माहोत्तरीमा कांग्रेस पार्टी सुदृढीकारण र नेपाली कांग्रेसको नागरिक प्रतीको बिश्वासनियता बढाउन कांग्रेसका बिभिन्न केन्द्रिय स्तरका नेताहरुको उपस्थिती बाक्लिएको देखिएको छ ।