आज्ञा खबर
काठमाडौं
पूर्व सभामुख दमननाथ ढुंगानाको आज निधन भएको छ ।काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो उनको निधन भएको पारिवारिक स्रोतले जानाएको हो।
ढुंगाना २०४८ सालको आम निर्वाचनमा काठमाडौं २ बाट निर्वाचित भई सभामुख भएका थिए । उनी २०७४ सालमा भक्तपुरबाट कांग्रेस उमेदवार थिए ।
अस्पतालका चिकित्सक डा. योगेश न्यौपानेले दिएको जानकारीअनुसार ढुंगानालाई अपराह्न १ बजेर ४० मिनेट जाँदा अस्पताल लगिएको थियो । त्यसबेला उनको निधन भइसकेको थियो ।
कलेजो सम्बन्धी समस्याबाट पिडित ढुंगानाले भारतमा पनि उपचार गराइरहेका थिए ।





































