निकिता खनाल
बर्दिवास
पुर्व पश्चिम महेन्द्र राजमार्गमा हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले आईतवार चालक तथा सहचालकको एकदिने स्वास्थ्य परीक्षण गरेको छ।
अधिकांश दुर्घटना चालककै कमजोरीका कारण हुँने भएकोले सवारी चलाइरहेका लामो दुरीका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गरिएको हो।
यो स्वास्थ्य परीक्षणले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए। उनका अनुसार चालक,सह चालक स्वस्थ नहुँदा
दिनहुँजसो दुर्घटना हुने भएकाले चालककै लापरवाही र स्वास्थ्य अवस्थाका कारण पनि बढी दुर्घटना भएको पाइएको छ्।
स्वास्थ्य परीक्षणमा चालकको उच्च रक्तचाप, आँखाको भिजन परीक्षणलगायत मानसिक तथा शारीरिक थकानको जाँच गरिनुका साथै स्वस्थ चालक सुरक्षित सवारी हाम्रो चाहना, ट्राफिक नियमको सबैले गरौ पालना लेखिएको स्टिगर प्रत्येक सवारीमा टाँसिएको छ।
महेन्द्र राजमार्ग हुँदै देशका पुर्वी र मध्ये भागका सवारीसाधन सङ्घीय राजधानी काठमाडांै लगायत अन्य शहरमा आवतजावत गर्ने भएकाले अन्य जिल्लालाई पनि सन्देश दिने उद्देश्यले पनि स्वास्थ्य परिक्षण गरिएको हो।

देशको मध्ये तथा पुर्वका सबै जिल्लाबाट आवतजावत गर्ने सवारीमा चालक सहचालकको महोत्तरी ट्राफिक प्रहरीले मात्रै स्वास्थ्य परीक्षण गरेर दुर्घटना न्युनिकरणमा सम्भव नभएकाले अन्य जिल्लाका लागि सन्देश दिन यो परिक्षण थालिएको बताईएको छ।
स्वास्थ्य परीक्षण गरिएका चालक तथा सहचालकमध्ये धेरैमा स्वास्थ्य समस्या देखिएको छ।
स्वास्थ्य समस्या भएका मध्ये अधिकांशमा उच्च रक्तचापको समस्या भेटिएकाले स्वास्थ्य समस्या देखिएका चालक सहचालकलाई आराम गराउँदै उपचार गरेर पठाएको छ। जाँचका क्रममा सवारी चालकलाई जानकारी दिने र सचेत रहन सल्लाह पनि दिईएको छ।
दुर्घटना न्यूनीकरणका उपायमध्ये चालकको स्वास्थ्य परीक्षण पनि एक भएका कारण स्वास्थ्य परीक्षण सुरु गरेको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ।
चालकको सामान्य त्रुटिबाट पनि ठूलो जनधनको क्षति हुनसक्ने भएकाले हरेक दिनजसो हुने दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्न परिक्षण गरीएको हो ।
महोत्तरी ट्राफिक प्रहरीले कारबाही गर्ने, राजस्व सङ्कलन गर्नेमात्र नभई चालक, सहचालक, यात्रुको गुनासो सुन्ने र तत्काल हुनसक्ने समस्याको समाधान खोज्ने र हाल
नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर विशेष कार्ययोजना समेत बनाएको जनाएको छ।
यसरी सडकमै स्वास्थ्य जाँच गर्नुको सट्टा सवारीको बुकिङ्ग काउन्टरबाट सवारी छुट्नुअघि जाँच गर्दा अझ प्रभावकारी हुने एक चालकले बताएका छन्।
बाटोमै सवारी रोकिँदा यात्रुलाई गन्तव्यमा पु—याउन ढिलाइ हुने भएकाले सवारी छुट्ने ठाउँ बसपार्क अथवा बुकिङ्ग काउन्टरमै यस्ता जाँच गर्न उनिहरुले आग्रह समेत गरेका छन्। यात्रुले भने प्रहरीको यो परिक्षणको प्रशंसा गरेका छन्। दिनानुदिन भइरहेका दुर्घटना रोक्न चालकको स्वास्थ्य परीक्षणले सहयोग पुग्ने र यात्रा सुरक्षित रहने र टिकट समेत चेक गरिएकोले ट्राफिकले सबारी साधनबाट ठगिने समस्याको समेत न्युनिकरण महोत्तरी ट्राफिकले गरेको यात्रु बिनोद बस्नेतले बताए। उनले भने, बर्दिवासमा गरीएको जाँचअरु ठाउँलेपनि सुरु गर्नसके राजमार्गमा हुने दुर्घटना कम गर्न सकिन्थ्यो। े स्वास्थ्य परीक्षण बिहान बिहान ७,४० बजे देखी साँझ ६ बजे सम्म भएको थियो





































