काठमाडौँ हिँडेको एम्बुलेन्स बीच बाटोमै रोकिदा बर्दिवास र सिन्धुलीका विरामीको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीबाट बिरामी लिएर काठमाडौँ हिँडेको एम्बुलेन्स बीच बाटोमै रोकिदा २ विरामीको मृत्यु भएको छ ।

बिरामी बोकेर काठमान्डौ उपचारका लागि हिडेको एम्बुलेन्स बाढी पहिरोले बाटोमै रोकिदा २ जना विरामीको मृत्यु भएको हो । तीन दिनदेखि सुनकोशी १ टुप्पिडाँडामा अलपत्र परेर एम्बुलेन्समै मरेका दुई विरामीको शव काठमान्डौ लग्न नसक्दा
एम्बुलेन्समै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कमलामाई नगरपालिका–४ मल्ल गाउँकी १३ वर्षिय टिका कुमारी भुजेल र महोत्तरीको बर्दिबास नगरपालिका–८ घर भएका ४५ वर्षका मानबहादुर सिंजालीको उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा बाटोमा एम्बुलेन्स फसेपछि मृत्यु भएको बताईएको छ। । अविरल वर्षा र बाढीका कारण विपी राजमार्ग अवरुद्ध भएपछि उनीहरुको बाटोमै मृत्यु भएको हो ।

भुजेल दमको विरामी थिईन भने सिंजाली टिविका विरामी थिए । मृत्यु भएकाहरुको शव तीनदिनदेखि एम्बुलेन्समै छ । लाश गन्हाउन थालिसकेको आफन्तहरुले जनाएका छन तर विपी राजमार्ग काठमान्डौ तर्फ र सिन्धुलीतर्फ भत्किएर क्षतविक्षत छ ।

ती दुई बिरामी बोकेर काठमाडौँ हिँडेका बा२१२च ७५२३ र ग१च १७०८ नम्बरको एम्बुलेन्स अहिले पनि टुप्पीडाँडामा नै छन । विरामी बोकेर गएका एम्बुलेन्स शव बोकेर बसेका भए पनि सडक सुचारु गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।

बाटो सफा गरेर एम्बुलेन्स सिन्धुली फर्काउन र अन्य यात्रुहरुलाई समेत उद्धार गर्न स्थानीय, प्रहरी लगाएत क्रियाशिल रहे पनि कानढुंग्रीमा सडक भासिएपछि झनै समस्या भएको छ ।