निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १० र ११ खयरमारा स्थित खयरमारा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदमा बर्दिवास ११ निवासी लेखराज थापा (पारस) प्यानल सहित बिजयी भएका छन।्
थापाले ३ सय ५७ मत ल्याएर बिजयी भएका हुँन। उनका निकटतम प्रतिद्वन्दि वडा नम्बर ११ घर भएकै भरतमणी आचार्यले ३ सय ३२ मत ल्याएका थिए।
त्यसैगरी उपाध्यक्षमा कालेमान थिङ्ग, सचिबमा साधुराम चौलागाँई कोषाध्यक्षमा मिनाकुमारी लामा सदस्यहरुमा जितबहादुर तुम्र्सिग,सुर्य प्रसाद धमला,जित बहादुर बराई,मान बहादुर घिसिंङ्ग निवाचन बाट बिजयी बनेका हुँन। निर्वाचनबाट उनिहरुले क्रमश.ं ३ सय ६९ ,३ सय ४७, ३ सय ३१ ,३ सय ४४,३ सय ७५,४ सय ७५, ५सय ३७ मत ल्याएर बिजयी भएको बताईएको छ।
निर्वाचनमा अन्य तिनजना सदस्य निर्बिरोध निर्वाचित भएका छन। उनिहरु क्रमश्.ं बालकुमारी श्रेष्ठ, धनकुमारी श्रेष्ठ,राधिका पोखरेल रहेको स्थानिय अर्जुन बस्नेतले जानकारी दिए।
निर्वाचनका निकटतम प्रतिस्पर्धिहरु उपाध्यक्षका उमेदवार तुक्तबहादुर कार्कीले २ सय ९७ सचिबका उमेदवार खुबबहादुर गेलालले ,३ सय २२,कोषाध्यक्षकी सम्झना गौतमले २ सय ५८,सदस्यका उमेदवार हेमकान्त गौतमले ३ सय ४० सदस्य हरिबहादुर चौलागाईले २ सय ८७ मत ल्याएर पराजित भएको निर्वाचन समितीले जनाएको छ ।
शनिवार बिहान ८ बजेदेखी शुरुभएर दिउँसो ३ बजेर ३० मिनेटमा सम्पन्न भएको निर्वाचनको मतगणना बेलुका ६ ,३० बजेदेखी शुरुभई राती २,१५ बजे सम्पन्न भएको थियो । खयरमारा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कुल ७ सय ७७ उपभोक्ता मध्ये ७ सय ५ जना निर्वाचनमा सहभागी भई मतदान गरेको बर्दिवास नगरपालिका वडा नम्बर १० का अध्यक्ष प्रमोद कुमार मोक्तानले जानकारी दिए।