आज्ञा खबर
बर्दिवास
नेपाली हिन्दु नारीहरुले आज सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन्।आज बिहानै उठेर महिलाहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन्।
महिलाले रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धती सहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ। यसैकारण आज दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुने शास्त्रमा उल्लेख रहेको छ ।
यसरी स्नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। जसलाई ऋषि पञ्चमीको पूजा लगाउने पनि भनिन्छ। सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो।ऋषिपञ्चमीको अवसरमा महोत्तरीका बिभिन्न नदी पोखरी र तलाउहरुमा स्नान गर्ने महिलाहरुको भिड देख्न सकिन्छ ।