मौलिक संस्कृति र परम्परालाई संरक्षण गरी तिज मनाउन मेयर क्षेत्रीको आग्रह

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने र परीवारमा सुख,शान्तिी र आरेग्य प्राप्त हुँने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि शिवालयहरुमा घुइँचो लागेको छ ।
अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने विश्वास समेत रहेको छ । यो पर्वले मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि ब्रत बस्ने गरेको धर्मशास्त्रीहरुको भनाई छ ।

यो व्रत निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । उनीहरु भेला भएर नाचगान गर्दछन् ।

औपचारिक रुपमा दर खाएपछि शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरेपछी तीज समापन हुन्छ । तिजको अवसरमा शुभकामना दिदै बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले यस पर्वले मौलिकतालाई कायम राख्दै सांस्कृतिक महत्वको जगेर्ना गर्न भड्किलोपन र खर्चिलोपनलाई, हटाउदै जानुपर्ने बताएका छन । उनले तिज पर्वले समाजमा विद्यमान लैंगिक विभेद लगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन नगरबासीलाई प्रेरणा मिलोस भन्ने शुभकामना ब्यक्त गर्दे
मौलिक संस्कृति र परम्पराहरूलाई संरक्षण गर्ने गरी चाँड मनाउन पनि सबै नगरबासीमा आग्रह समेत गरेका छन्। तिजको अबसरमा बर्दिवास नगपालिकाले बर्दिवासको मुख्य बजारमा बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको जनाएको छ ।