अनुमतिबिना आर्केस्टा नचाउन, नाचगान गर्न रौतहटमा नपाइने

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
रौतहटमा अनुमतिबिना आर्केस्टा नचाउन, नाचगान नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार सूचना जारी गरेको छ।
विभिन्न चार्ड पर्वको नाममा गाउँ–बस्तिमा दिन र रातको समयमा अश्लीलता झल्किने किसिमका भोजपुरी गीत गाउने, लवण्डा नचाउने, आर्केस्टा नचाउने, मनोरञ्जनको नाममा जुवा खेल्ने खेलाउने जस्ता क्रियाकलाप अधिकार प्राप्त अधिकारी, निकायको अनुमतिबिना गर्न नपाईने जिल्ला प्रहरी कार्यालय रौतहटले जानाएको छ।

पछिल्लो समय जिल्लाका विभिन्न ठाउँमा एक आपसमा झै–झग्डा तथा कुटपिट गर्ने, ढुङ्गा मुढा गर्ने, विभिन्न मानिसहरुको धनसम्पति क्षती भएकोले यस किसिमको क्रियाकलाप बिना अनुमति नगर्न जिल्ला प्रहरीले सूचना जारी गरेको हो।

धार्मिक, सांस्कृतिक, राजनैतिक आदि कुनै पनि किसिमको नाँच गान हुने वा भिडभाड जस्ता कार्यक्रम गर्दा अनिवार्य रुपमा कार्यक्रम गर्ने आयोजक पक्षले कार्यक्रम संचालक समिति गठन गरी के– कस्तो कार्यक्रम गर्ने ? कुन समयमा गर्ने ? कुन स्थानमा गर्ने ? सहभागी संख्या कति हुने ? लगायत विषयवस्तु खुलाई जिल्ला प्रशासन कार्यालय र सम्वन्धित निकायबाट ईजाजत (अनुमति) लिई मात्र गर्न रौतहटकी प्रहरी प्रबक्ता (डिएसपी) एलिजा गिरीले जानकारी दिइन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...