विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बबर्दिवासमा मंगलवार विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।
बर्दिवास नगरपालिकाको आयोजनामा बसेको बैठकको अध्यक्षता नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले गरेका थिए। बैठकमा नगर भित्र हाल घट्न सक्ने घटनाको सम्बन्धमा छलफल गरीएको थियो । बर्दिवास नगरपालिका भित्र हाल भईरहेको बर्षाका कारण रातु,भब्सी लगायत अन्य खहरे खोलाबाट हुन सक्ने डुबान तथा खेतीयोग्य जग्गा कटान र त्यसको रोकथाम, सडकको दुई किनारमा अबस्थित अग्ला रुखहरुबाट हुन सक्ने जोखिम, सुरक्षा निकाय तथा सरोकारवाला निकायबीचको आपसी समन्वयमा तत्काल स्रोत साधन परिचालन, तुरुन्त गर्न सकिने राहत तथा उद्धारको उचित ब्यवस्थापन जोखिमको समयमा हुन सक्ने बिद्युत सेवाको अबरुद्ध लगायतका बिषयमा छलफल भएको नगरपालिकाका प्रशासकिय अधिकृत मुरारी प्रसाद तिमल्सिनाले जानकारी दिए
बैठकमा विपद् व्यवस्थापन समितिका सदस्य सरोकारवाला कार्यालय÷संघ÷संस्थाहरु, विषयगत क्षेत्रसँग सम्बन्धित कार्यालयका प्रमुख, पत्रकार लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागता रहेको थियो।