निकिता खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बर्दिवास नगरपालिकाभित्र अध्यनगर्ने सम्पुर्ण बिद्यार्थीहरुलाई सामाजिक क्षेत्रमा योगदानगर्न आग्रह गरेका छन ।
महोत्तरीको बर्दिवासमा शनिवार आयोजित २ सय ११ औ भानु जयन्तीको अबसरमा बर्दिवास हेल्प फाउन्डेशनले आयोजना गरेको तेस्रो नगरस्तरीय अन्तर मा.बि.कबिता प्रतियोगितालाई सम्बोधन गर्ने क्रममा उनले सोकुरा बताएका हुँन ।
उनले घाँसी र भानुभक्त हाम्रो प्रेरणाको श्रोत भएको भन्दै उनिहरुको बिचारलाई ब्यबहारमा उतार्न सकेमात्रै सुन्दर समाजको परिकल्पना गर्न सकिने जनाए । क्षेत्रीले भने समाजमा राम्रो कामगर्न सकेमात्रै बर्तमान र भबिष्यमा असल ब्यक्तित्वको रुपमा नाम रहन्छ त्यसैले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउन परोपकारी भाबनाले कामगर्नु पर्छ ।
म यो संदेश बिद्यार्थी भाई बहिनी मार्फत हरेक घर,घरमा पुर्याउदै सिङ्गो बर्दिवासभरी पुर्याउन चाहन्छु। अहिले राम्रो कामगर्नेलाई खुट्टा तान्ने, तथ्यहिन किसिमले आलोचना गनर्,े एकले अर्कोलाई अगाडी बढन नदिने जस्ता गलत प्रबृतीको बिकास हुँदै गएको छ । यस्ता समाज बिरोधि सोचको अन्त्य हुनु पर्छ । मेयर क्षेत्रीले बर्दिवास भित्र अध्यनगर्ने भबिष्यका कर्णधारले क्षमता अनुसार कुनै एक बिषयमा किर्तिमानी कायमगर्न सके बर्दिवासको बिकासले छलाङ्गमार्न धेरै समय नलाग्ने बिश्वास ब्यक्त गरे। आफुले गरेको दुईबर्ष भित्रको बिकास समेत भनुभक्तर घाँसीकै बिचारसंग जोडिएकोले बिद्यालयको शैक्षिक बिकासलाई मुख्य प्रथमिकतामा राख्दै काम गरी बिद्यार्थी अनुसार शिक्षक दरबन्दि मिलान गरिएको बताए।
अबको केहि बर्ष भित्रै सामुदायिक बिद्यालयको स्तरोन्नती हुँने गरी काम गरेकोले नागरिक आसा र अपेक्षा अनुसार नगरको सिमित बजेटले धान्न समस्या भईरहेपनी असम्भब भने नहुने उनको भनाई छ।
जेहन्दार, बिपन्न बिद्यार्थीलाई हेल्प फाउन्डेशन जस्ता समाजिक संस्थाले छात्रबृती दिईरहेपनी त्यसलाई निरन्तरता दिदै नगरपालिकाले समेत उच्च शिक्षा हासिलगर्न चाहने बिपन्न जेहन्दार छात्र,छात्रालाई मेयर छात्रबृतीको योजना ल्याएर छात्रबृती दिईरहेको जनाए ।
महोत्तरीको बर्दिवास स्थित २०४९ सालमा जनता माध्यमिक बिद्यालयका अध्यनरत बिद्यार्थीहरुको एस.एल.सी समुहले सञ्चालन गरेको सामाजिक संस्था बर्दिवास हेल्प फाउन्डेसनले गरेको
बिद्याालय स्तरीय कविता प्रतियोगितामा पञ्चधुरा मा.बि. चेरु की छात्रा प्रमिला श्रेष्ठ प्रथम भएकी छिन त्यसैगरी जनजागृती मा.बि. पाटुमा अध्यनरत छात्रा प्रतिज्ञा बराल दोश्रो र सरस्वती मा.बि कालापानीकी अमिसा माझी तेश्रो भएकी छिन । बिजेता तिनै जनालाई फाउन्डेशनले जनही १५ हजार १० हजार र ५ हजार कोदरले पुरस्कार प्रदान गरेको बर्दिवास हेल्प फाउन्डेशनका अध्यक्ष हिरालाल गौतमले जानकारी दिए ।
प्रतियोगितामा बर्दिवास नगरपालिका भित्रका १६ विद्यालयका ३२ छात्र र १७ छात्रा सहभागि भएका छन् ।
साहित्यका विज्ञहरु प्रह्लाद सिन्धुलीया, माधब काफ्ले र मकुन्द प्रसाद पौडेलको निर्णायक मण्डली रहेको प्रतियोगितामा सहभागी विद्यार्थीहरुले प्रमाणपत्र प्राप्त गरेका छन् ।