आज्ञा खबर
रौतहट
भारतबाट अवैध रूपले नेपालतर्फ आउदैगरेको अटो र त्यसका चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । गौर नपा १ बाट प्रहरीले एक किलो ४ सय ग्राम चाँदीसहित रौतहटको माधवनारायण नपा १ दिपही बस्ने ४२ वर्षीय दिनेश प्रसाद साहलाई पक्राउ गरेको हो ।
साहले सेतो कपडाको बेल्ट बनाई कम्मरमा बाँधी सो भित्र लुकाइ छिपाई राखेको अवस्थामा चाँदीको सिक्री ९ थान ,पेच रिङ २थान र पाइजु ७ जोडा गरी एक किलो ४सय ग्राम चाँदी सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिईन ।
घटनाको बिषयमा थप अनुसन्धान भईरहेको उनले बताईन ।