आज्ञा खबर
काठमांडौ
डा.गोविन्द केसीले पूर्वनिर्धारित अनशन स्थगित गरेका छन् । उनले अनशन स्थगित गरेर अन्य दबाबमूलक कार्यक्रम जारी राख्दै सरकारलाई आफ्नो मागप्रती दबाब दिने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए। शुभेच्छुकहरुको सल्लाह बमोजिम।
‘सुभेच्छुकहरुको सल्लाह अनुसार मेरा ती मागहरु यथावत छन् । सरकार लगायत सम्बन्धित निकायले समयमै प्रक्रिया अगाडि नवढाएमा तथा माग तथा सम्झौताहरु सम्बोधन गर्न ढिलाइ गरेमा कुनैबेला पनि सत्याग्रह शुरु गर्न वाध्य हुनेछौँ भन्ने चेतावनी पनि दिन चाहन्छौं’ उनले भनेका छन् ।
दुर्गा प्रसाईँद्वारा सञ्चालित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिइएको भन्दै उनले न्यायाधीशद्वय डा.कुमार चुँडाल र सारङ्गा सुवेदीको राजीनामा माग गर्दै आएका छन् । न्यायाधीशद्वय चुँडाल र सुवेदीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत फैसला गरेको उनको आरोप छ । डा. केसीले मागहरु यथावत राख्दै अनशन स्थगित गरिएको बताएका हुन् ।