नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अध्यक्षमा ओमबहादुर घर्तीमगर सर्वसम्मत चयन

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अध्यक्षमा ओमबहादुर घर्तीमगर सर्वसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनबाट घर्तीमगर अध्यक्षमा दोश्रो पटक चयन भएका हुन् ।
अध्यक्षमा घर्तीमगर सर्वसम्मत भएपछि बाँकी पदहरूमा सहमतिको प्रयास भइरहेको छ । उपाध्यक्ष रामजी कंग्रिन र एक जना गुरुङ समुदायबाट चयन हुने सम्भावना छ । महामन्त्रीमा तीर्थ लामा र जगत बरामको नाम चर्चामा छ । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा करिब १३ सय मतदाता रहेका छन् ।
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा १ अध्यक्ष, २ उपाध्यक्ष, २ महामन्त्री र ८ जना सहमहामन्त्री रहने व्यवस्था छ ।
खल्ुला केन्द्रीय सदस्य ३६ र सातै प्रदेशबाट ३–३ जना निर्वाचित हुने व्यवस्था छ । खुला ३६ जनामा १२ महिला र प्रदेशबाट १–१ जना महिला निर्वाचित हुने छन् ।