आज्ञा खबर
काठमांडौ
डा.गोविन्द केसीले २२ औं पटकको आमरण अनसन तोडेका छन्। बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले २२ औं अनसन तोडेको जनाएका हुन्। द्वन्द्व पीडितहरूले न्याय पाउनुपर्छ भन्दै ६ वर्षअघिदेखि माग राख्दै आएको तर अहिलेसम्म राज्यले सम्बोधन नगरेको भन्दै
पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसेका केशीले छैटौं दिनमा द्वन्द्व पीडितहरू भानुप्रताव साह, उज्वलकुमार श्रेष्ठ र सावित्री श्रेष्ठको हातबाट जुस खाएर अनसन तोडेका हुन्।
उनले साह द्वन्द्वकालमा घाइते भएर आफैले अपरेसन गरेको बताए। द्वन्द्व पीडितहरूलाई आफैले उपचार गरेकाले उनीहरूको हातबाट जुस लिएको उनको भनाई छ ।
राज्यले नागरिकहरूप्रतिको दायित्व निर्वाह नगर्ने देखिएकाले अनसन तोेडेको केशीले बताए।