डा. गोविन्द केसीले सुरू गरे पुनह अनशन

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
डा. गोविन्द केसीले पुनह अनशन सुरू गरेका छन् ।

अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएको भन्दै शनिबार अपरान्हदेखि डा. केसीले पशुपति मृगस्थलीमा २२औं पटक अनसनमा बसेका हुन् ।
विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोका पुग्ने सुनिश्चित गर्नुपर्ने, सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्नेलगायत मागहरू कार्यान्वयन गर्न र कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरूलाई कारबाहीको माग अघि सार्दै डा. केसीले फेरीपनी आनसन थालेका छन् ।