बर्दिवास नगरपालिकाको १४ वटै वडामा आम औषधि सेवन अभियान सुरु

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
हात्तीपाइले रोग नियन्त्रणका लागि बर्दिवास नगरपालिकाले १६ वैशाख (आइतबार) देखि नगरपालिकाको १४ वटै वडामा आम औषधि सेवन अभियान सुरु गरेको छ ।

अभियानको सुरुवात बर्दिवास नगरपालिका वडानम्बर १४ मा नगरपालिकाका पबक्ता तथा वडा नम्बर १४ का अध्यक्ष बिजयकुमार महतोले एकिकृत नमुना मुसहर बस्ति पुगेर औषधि सेबन गरेपछी सो वडामा अभियानको सुरुवात भएको हो ।
उक्त अभियान दुई हप्तासम्म सञ्चालन हुने छ ।
हात्तीपाइले रोग निवारण बर्दिवास नगरपालिका स्वास्य शाखाका फोकल पर्सन रामबाबु यादबका अनुसार नगरभित्रका २ बर्ष माथिका सबै नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ ।
आम हात्तीपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइएको छ । जसमा आइभरमेक्टिन, डाइइथाइल्कारबामाजिन तथा अल्बेन्डाजोल छन् ।

डाइइथाइल्कारबामाजिन (डीईसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि रगत र पेटमा भएको परजीवी जुकालाई मार्नका लागि ती औषधि खुवाइने गरिन्छ । सरकारले हात्तीपाइले रोग नियन्त्रणका लागि सन् २००३ देखि ती औषधि खुवाइरहेको छ भने सन् २०३० सम्ममा नेपालबाट पूर्ण रुपमा निवारण गर्ने लक्ष्य लिएको छ।