भ्राष्टाचारलाई अहिलेनै आन्त्यगर्न नसकेपनी न्युनिकरणगर्दै अन्त्य गरीने : मन्त्री साह

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
मधेस प्रदेश सरकारका बिना बिभागिय मन्त्री भरत प्रसाद साहले प्रदेशमा बढदैगईरहेको भ्रष्टाचार न्युनिकरणगर्दै अन्त्य गरीने बताएका छन ।
आईतवार महोत्तरीको बर्दिवासमा स्वाधिन सम्बृद्ध समाज नेपाल बर्दिवास र बर्दिवास सेवा समितीले छुट्टा छुट्टै आयोजना गरेको नबनियुक्त मधेस प्रदेशका मन्त्रीलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सोकुरा बताएका हुँन ।

उनले भने मेधेस प्रदेशकोे बिकासको योजनामा जतासुकै पनी १० प्रतिशत २० प्रतिशत कमिशन दिनुपर्छ भन्ने सुनेको छु त्यसता भ्राष्टाचारलाई अहिलेनै आन्त्यगर्न नसकेपनी न्युनिकरणगर्दै अन्त्य गर्ने आफ्नो पहिलो योजना रहेको जनाए । साहले मधेशको बिकासकालागी सबै मिलेर लाग्नु पर्ने आवश्यकता औल्याउदै उनले ५० लाख भन्दा सानो बिकासको योजना प्रदेश सरकारले ल्याएमा कनिका छरे जस्तै हुने भएकोले यस्ता रकमहरु बढी दुरुपयोग हुने गरेको जिकिर गरे ।

बर्दिवास नगर अहिले सबृद्धिको दिशातर्फ अघि बढिरहेकोले यसको बिकास गर्न आफ्नो बढी भन्दा बढी प्रयत्यन रहने उल्लेख गरे । महोत्तरीको क्षेत्र नम्बर १ मा खानेपानी, सिचाईको समस्या गम्भिर बन्दै गई रहेको भन्दै मन्त्री साहले अर्काे आर्थिक बर्षको बजेटमा महोत्तरीको क्षेत्र नम्बर १ मा परेका योजनाहरुलाई बढी भन्दा बढी प्राथमिकतामा राखेर सम्पन्न गरीने उल्लेख गरे ।

बिभागिय जिम्मेबारीको टुङ्गो लाग्नासाथ आफुले बोलेका कुराहरु क्रमश.ं ब्यवहरमा कार्यान्वयन गर्दै लगीने उनको भनाई छ । स्वाधिन सम्बृद्ध समाज नेपाल बर्दिवास र बर्दिवास सेवा समितीले छुट्टा छुट्टै आयोजना गरेको नबनियुक्त मधेस प्रदेशका मन्त्रीलाई बधाई तथा सम्मान कार्यक्रममा बिभिन्न राजनितिक दल, संघ संस्थाका प्रतिनिधि, नागरीक समाज लगायतको उपस्थिती रहेको थियो।