मधेसमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले बिहिवार शपथ लिएका हुन् ।

नवनियुक्त भएका मन्त्री मध्ये भरतप्रसाद साह विनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीले विनाविभागीय मन्त्रीको जिम्मेवारी पाएको बताईएको छ ।
त्यस्तै गृह, सञ्चार तथा कानुन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी शारदा थापाले प्राप्त गरेकी छिन ।
जिम्मेवारी पाउने चाजना मन्त्रीले आजै पद तथा गोपनियताको शपथ लिएका हुन् ।
तीन मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गराएका हुन् ।
माओवादीले उद्योग पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर उनको ठाउँमा भट्टराईलाई मन्त्री बनाएको हो ।
१५ महिनाको अन्तरालमा मुख्यमन्त्री यादवले ११ औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।