नारायण घिमिरे
बर्दिवास
महोत्तरीको बर्दिवासमा बुधबार ३१ औँ पारिजात स्मृति सभा सम्पन्न गरिएको छ ।
प्रगतिशील लेखक संघ नेपाल, मधेस प्रदेश समितिको आयोजनामा गरीएको स्मृति सभामा राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष शशिकला दाहालको प्रमुख आतिथ्यता तथा प्रगतिशील लेखक संघ नेपाल, मधेस प्रदेश समितिका अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
स्मृति सभा कार्यक्रममा बोल्ने बक्ताहरुले पारिजातको व्यक्तित्व र कृतिमाथि प्रकाश परेका छन ।
उनिहरुले पारिजातको सहित्यिक, सामाजिक र राजनीतिक भूमिकाको बारेमा चर्चा गर्दै उहाँको जीवन दर्शनबाट आजको समाजले धेरैकुरा सिक्दै त्यसलाई ब्यवहारमा उतार्न सकेमात्रै वहाप्रती सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरे ।
स्मृति सभामा बिभिन्न राजनितिक दल, संघ संस्थाका प्रतिनिधि, साहित्यकार लगायत सामाजिक क्षेत्रमा योगदान गर्ने अभियन्ताहरुको उपस्थिति रहेको थियो।