निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. १ स्थित ग्लोबल एकेडेमी इङ्लिस बोर्डिङ स्कुलले एसइई परीक्षा दिएका विद्यार्थीहरुलाई शुक्रवार बिदाई तथा सम्मान कार्यक्रम गरेको छ।
महोत्तरी क्षेत्र नम्बर १ (क) की मधेस प्रदेश संसद सारदा देबी थापाको प्रमुख आतिथ्यता तथा बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्री बिशेश आतिथी रहेको कार्यक्रमको सभापतित्व बिद्यालयका
संचालक समितिका अध्यक्ष उद्धब बहादुर क्षेत्रीले गरेका थिए ।
बिदाई कार्यक्रममा मन्तव्यको क्रममा प्रमुख अतिथि माननिय सादादेबी थापाले बर्दिवास नगरपालिकामा धेरै बिद्यालयहरु भएकोले हामी सबैको चुनौतीहरु पनि धेरै नै रहेको कुरा उल्लेख गरेकी छिन ।
उनले“यो प्रतिस्पर्धाको जमाना हो, उच्च प्रतिस्पर्धाको बाबजुत पनि राम्रो नम्बर ल्याएर पास गर्ने बिश्वास ब्यक्त गर्दै बिद्यार्थीलाई बधाई तथा शुभकामना“दिइन ।
उनले आगामी दिनमा एसइई पछि ११÷१२ मा बिकृतिहरु आएका छन, यसलाई तपाईं विद्यार्थीहरुले चिरेर जानुपर्छ, भन्दै आफ्नो अभिभावकहरुको सपना साकार पार्न र देशको कर्मठ योद्धा भएर देशको सेवा गर्ने उदेश्य राख्नुस,भन्दै विद्यार्थीहरुको आगामी शैक्षिक सफलताको शुभकामना व्यक्त गरीन ।
संसद थापाले बिदेश जाने सोच मात्रै होइन आफ्नै देशमा केहि सिकेर देशको सेवा गर्न बिद्यार्थीलाई सुझाव समेत दिईन ।
बिदाइ तथा सम्मान कार्यक्रममा ६३ जना बिद्यार्थीलाई स्कुलले सम्मान गरेको थियो। कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुले गित तथा नृत्यद्वारा आफ्नो प्रतिभा देखाउदै मनोरञ्जन प्रदान गरेका थिए।