मौसम सुधार हुन अझै चार दिन लाग्ने

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमांडौ

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र भारतको बिहार नजिक बनेको न्यूनचापीय प्रणालीको असर अझै केही दिन रहने देखिएकाले मौसम खुल्न अझै मौसम सुधार हुन अझै तीन÷चार दिन लाग्ने जनाएको छ ।
महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार उक्त प्रणालीको कारण अहिले काठमाडौं उपत्यकासहित देशैभरको मौसम बदली भएको छ।

जसका कारण गण्डकी, कोशी र बागमती र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। बाकी प्रदेशमा राति हल्का वर्षाको सम्भावना रहेको मौसमविद् भेटुवालको भनाइ छ।

पश्चिमी वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको असरका कारण देशैभरको मौसम बदली भएको छ, यसको असर केही दिन रहने भएका कारण तीन÷चार दिन मौसम नखुल्ने बताईएको छ ।