उदयपुरमा नेपाली जुत्ता चप्पल महोत्सव सुरु

[sharethis-inline-buttons]

आज्ञा खबर उदयपुर
उदयपुरको सदरमुकाम गाईघाटमा बुधबारदेखि जुत्ताचप्पल महोत्सव सुरु भएको छ। महोत्सवको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले गरेका छन ।
नेपाली उत्पादनमा जोड दिँदै सामूहिक नेपाली जुत्ताचप्पल बिक्री कक्ष गाईघाटले एक महिना महोत्सवको रूपमा लैजाने र त्यसपछि सर्वसाधरणलाई लक्षित गरी शोरुम सञ्चालन गर्ने गरी महोत्सवको आयोजना गरेको जनाएको छ ।